वाणिज्य बैंकबाट १० तोला सुन चोरी

सुर्खेत, ७ असोज । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतबाट आज करिब १० तोला सुन चोरी भएको छ ।
लाटीकोइली–९ की शान्ति पोखरेलको मंगल सुत्र १ थान, बाला २ जोर, सिक्री, टप, औठी, छड्के तिलहरीसमेत गरेर १० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ ।
दिउसो साढे १ बजे बंैकको सोधपुछ कक्षमा टेबुलमा सुन राखेर भौचर भर्दै गर्दा चोरी भएको हो । सुन कस्ले लगेको हो भन्ने खुल्न सकेको छैन ।
फितलो सुरक्षा व्यवस्थाका कारण सुर्खेतका बैंकहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन् । पटक–पटक विभिन्न बैंकहरुभित्रै लुटपाट तथा चोरीका घटना हुने थालेका हुन् ।
हाल सुर्खेतमा वाणिज्य तथा विकास बैंकसमेत १६ वटा बैंक सञ्चालनमा छन् ।

प्रतिक्रिया