खैरो हिरोइन सहित दुई जना पक्राउ

दाङ, ७ असोज । लागूऔषध खैरो हेरोइन सहित दाङमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही–६ का खस्रे भनिने निमबहादुर घर्ति वडा नम्वर १० वस्ने दीपक वली रहेका छन् ।
लागू औषधको प्रयोग र विक्री कार्यमा संलग्न हुँदै आएका उनीहरुलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीसँग रहेको खैरो हेरोईन पनि वरामद गरिएको छ । सौर्य

प्रतिक्रिया