नेप्सेमा झिनो ह्रास

काठमाडौ : नेप्से परिसूचकमा झिनो ह्रास देखिएको छ । गत साताको तुलनामा शून्य दशमलव ३८ अंकले ह्रास भई नेप्से ४ सय २० दशमलव ४५ अंकमा पुगेको छ ।
राजनीतिक दलबीच सहमतिको संभावना देखिएकाले नेप्सेमा केही सुधार देखिए पनी नेप्सेमा भने झिनो अंकले गिरावट आएको हो । सहमतिको सरकार बनेमा नेप्से केही माथि जाने विश्लेषकको अनुमान छ । गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय २५ कम्पनीको कारोबार भएको छ । जसमा सात हजार २८ कारोबारबाट ६२ करोड ९५ लाख ९० हजार हजार रुपियाँ बराबर ३५ लाख २१ हजार एक सय ६१ कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता एक सय ३० कम्पनीको कारोबार भएको थियो । जसअनुसार सात हजार सात सय ९८ कारोबारबाट ३६ करोड ९९ लाख ६९ हजार रुपपयाँ बराबर ११ लाख ७१ हजार ३३ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
कारोबार रकममा गत साताका तुलनामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २७ करोड ४४ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४३ दशमलव ५९ प्रतिशत हो । गत साता वाणिज्य बैंक समूहको परिसूचकमा ३ दशमलव ७३ अंकले गिरावट आएको छ भने उत्पादनमूलक समूहको भने सबैभन्दा बढी १५ दशमलव ८० र बिमा समूहको १० दशमलव ८४ ले गिरावट आएको नेप्सेले जनाएको छ ।
त्यैसैगरी सुधारोन्मुख परिसूचकमा होटेल समूहको २ दशमलव ८४, अन्य समूहको १२ दशमलव ९२, जलविद्युत्को ९ दशमलव शून्य ९, व्यापारतर्फ २ दशमलव २८, वित्ततर्फ १ दशमलव ११ र विकास बैंकतर्फ १ दशमलव ३७ ले बढेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव २० अंकले ह्रास भई एक सय ६ दशमलव ६० अंकमा पुगेको छ । यस साता कारोबार रकमतर्फ १५ करोड ८४ लाख रुपियाँको आधारमा माच्छापुच्छ्रे बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबारको आधारमा १८ लाख ६३ हजार चार सय ५२ कित्ताका आधारमा माच्छापुच्छ्र्रे बैंक नै अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याका आधारमा पाँच सय ७८ वटाका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेका छन् । (सौस)

प्रतिक्रिया