मुस्लिम आयोगद्वारा विरोध

काठमाडौ : राष्ट्रिय मुस्लिम आयोगले ‘इन्नोसेन्स अफ मुस्लिम’ नामक चलचित्रका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अध्यक्ष मोहम्मद निर्दाेष अलीले शनिबार विज्ञप्ति जारी गर्दै इजरायलीमूलका अमेरिकी नागरिक तथा रियल स्टेटका मालिक सेम वेकलद्वारा निर्मित तथा इन्टरनेटमा प्रसारित उक्त मुभीमा इस्लाम धर्मका अन्तिम पैगम्वर (नवि) मोहम्मद सलल्लेलाहोवलैह असलमबारे भ्रामक प्रचार, अश्लील दृश्य, इतिहास र कुरान आयतमा गलत व्याख्या गरिएको भन्दै विरोध जनाएको छ ।

‘यसले धार्मिक आस्थामा आँच पुर्‍याएको छ । यस्ता क्रियाकलापले धार्मिक सहिष्णुता सामुदायिक एकता खलबलिने हुँदा कुनै पनि संघसंस्था र व्यक्तिले कुनै धर्म र समुदायप्रति आँच पुग्ने क्रियाकलाप नगर्न अनुरोध गर्दछाँै । कसैले कुनै धर्म समुदायबारे गलत आक्षेप र हस्तक्षेप गर्नुहुँदैन’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उक्त चलचित्रलाई तत्काल रोक लगाई त्यसको प्रचार–प्रसार बन्द गर्न अमेरिकी सरकारलाई अपिल गरिएको छ । उक्त चलचित्रका विषयलाई लिएर मुस्लिम राष्ट्रमा अमेरिकाको विरोध भइरहेको छ । (सौस)

प्रतिक्रिया