खोला नियन्त्रणमा भ्रष्टाचार

कञ्चनपुर, ६ असोज । कञ्चनपुरको झर्नाखोलाका बाढी पीडितहरुले खोला नियन्त्रणमा अनियमितता भएका कारण आफूहरुले यस पनि बाढीको चपेटामा परेको गुनासो गरेका छन् ।
जिल्लाको दक्षिणी भेग रामपुर र बेल्डाँडी–९ मा पर्ने झर्नाखोला नियन्त्रणमा व्यापक अनियमिता र भ्रष्टाचार भएको स्थानीयको आरोप छ ।
गत वर्ष महाकाली सिँचाइ डिभिजन नम्वर ८ ले दुई करोड रुपियाँ खोला नियन्त्रण गर्न बजेट विनियोजन गरेपनि ४० लाख बराबरको मात्रै काम गरेको स्थानीयवासीको भनाइ छ ।
बाढीले करिव एक सय बिघामा लगाइएको धान बगाएको छ भने जमिन पनि कटान गरेको छ । बाढीबाट पचासौं परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया