खोजखबर

शव नभेटे पछि काजक्रिया शुरु

सौर्य अनलाइन २०६९ असोज ६ गते १०:१४ मा प्रकाशित

चरिकोट, ६ असोज । ऋषि पञ्चमीका अवसरमा दोलखाको चर्णावती खोलामा नुहाउन गएकी एक किशोरीको शव नभेटिए पछि आफन्तले शुक्रवार हिन्दु परम्परा अनुसार काजक्रिया शुरु गरेका छन् ।
चरङ्घे र तामाकोसीको विचमा रहेको दोभानमा परिवार सहित नुहाउन गएकी दोलखा भीमेश्वर नगरपालिका–६, धरमघर निवासी १६ वर्षीय तारादेवी कार्की विहीवार खोलाले वगाएर वेपत्ता भएकी थिइन ।
वेपत्ता कार्कीको शव शुक्रवारसम्म नभेटे पछि काजक्रिया गरेको सहदेव कार्कीले जानकारी दिए । वेपत्ता भएकी तारा वुडाभीम्सेन माविमा कक्षा १० मा अध्यनरत थिइन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय