घर अगाडि प्रेसर कुकर बम

दाङ, ६ असोज । दाङमा शुक्रवार राति एक घर अगाडि प्रेसर कुकर बम फेला परेको छ ।
श्रीगाउँ–५, सिमठानास्थित टीकाराम बुढाथोकीको घरको आँगनमा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार फेला परेको बमको माथि ‘थारु एकता जिन्दावाद, जिल्ला अध्यक्ष बज्र’ लेखिएको पर्चा समेत भेटिएको छ ।
प्रहरी टोली घटनास्थल पुगिसकेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक मदनकुमार थापाले जानकारी दिए । नेपाली सेनाको १९ नम्वर बाहिनी सहितको सुरक्षाकर्मीले बमलाई निष्कृय बनाएको छ ।

प्रतिक्रिया