ओलम्पिक झन्डा तीन दिन झुकाइने

नेपाल ओलम्पिक कमिटीले खेलकुदका ऐतिहासिक व्यक्तित्व प्रथम ओलम्पियन भूपेन्द्र सिलवालको उपचारक्रममा बिहीबार मृत्यु भएकोमा स्तब्ध भएको जनाउँदै उनको सम्मानमा एनओसी कार्यालयको झन्डा आधा झुकाउने र आइतबार एक दिन कार्यालय बन्द गरिने जनाएको छ । एनओसी महासचिव जीवनराम श्रेष्ठले जारी गरेको प्रेस वक्तत्वमा स्व. सिलवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । दशरथ रंगशालामा राखिएको सिलवालको पार्थिव शरीरमा एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठसमेतका पदाधिकारीले फूलमाला चढाएका थिए भने पछि आर्यघाटमा प्रधान र श्रेष्ठले ओलम्पिक झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया