सभा सुर्खेतमा गर्न माग

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पहिलो सभा सुर्खेतमा गर्नुपर्ने माग गर्दै जिल्लास्थित विभिन्न विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु, नेविसंघलगायत विभिन्न नौ विद्यार्थी संगठनले विश्वविद्यालका डिन डा.केशरसिंह रानालाई ज्ञापनपत्र बुझाएका हुन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य कमल सिजापतिले विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीपनका कारण केन्द्रीय कार्यालय सुर्खेतमा रहेको विश्वविद्यालयको पहिलो सभा काठमाडौंमा गर्न लागिएको भन्दै सुर्खेतमै गर्नुपर्ने बताए । उनले निर्णय फिर्ता नलिए अनिश्चितकालीन तालाबन्दीसहित चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । काठमाडांैमा सभा गर्ने निर्णय गरिएपछि जिल्लास्थित सबै क्षेत्रबाट यसको तीव्र विरोध भइरहेको छ । (सौस)

प्रतिक्रिया