बार्सिलोना र म्यान युको संघर्षपूर्ण जित

बार्सिलोना, ५  असोज । लियोनेल मेसीले गरेको दुई गोलको सहयोगमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको बुधबार राति भएको खेलमा स्पार्टाक मस्कोलाई ३–२ ले पराजित गर्‍यो । अर्को खेलमा दुईपटक पछि परेको युभेन्ट्स खेलमा फर्कंदै चेल्सीसँग २–२ गोलको बराबरी गर्न
सफल भयो ।
लन्डनमा भएको खेलमा ओस्कारले लामो दूरीको प्रहारमा दुई गोल गरेपछि चेल्सीले ३३औँ मिनेटमा दुई गोलको अग्रता लिएको थियो । ३८आँै मिनेटमा अटुरो भिडायलले युभेन्ट्सका लागि गोल गरे भने वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका फाबियो क्विग्लारीले ८०आँै मिनेटमा बराबरी गोल गरे । उनी ७४आँै मिनेटमा मैदानमा प्रवेश गरेका थिए । हेनरी मिखातारायनले दुई
गोल गरेपछि साख्तर डोन्स्टकले नार्डेस्जल्यान्डलाई २–० ले
पराजित गर्‍यो ।
बार्सिलोनामा भएको खेलमा १४आँै मिनेटमा क्रिस्टियन टेलोको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । डयानियल एल्भिजले आत्मघाती गोल गरे भने रमाउलोले थप गोल गरेपछि मस्को २–१ ले अघि रहयो । ७१आँै मिनेटमा गोल गरेका मेसीले ८०आँै मिनेटमा
अर्को गोल गरे । सेल्टिक र बेनेफिकाबीच गोलरहित बराबरी भयो । म्यानचेस्टर युनाइटेडले गालासतारेलाई १–० ले
पराजित गर्‍यो ।
युनाइटेडका लागि सातौँ मिनेटमा क्यारिकले विजयी गोल गरे । नानीले गरेको पेनाल्टी प्रहार भने खेर गएको थियो । क्लुजले ब्रागलाई २–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया