हत्याका आरोपी चार वर्षपछि पक्राउ

काठमाडौं : शंखमूलस्थित बाग्मती पुलनजिकै ४२ वर्षीय दीपकविक्रम भण्डारीको हत्या गरेको अभियोगमा चार वर्षपछि एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडांैबाट खटिएको टोलीले सिन्धुलीको धोबीखोला–९ का २२ वर्षीय सन्देश भनिने भीमबहादुर तामाङलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
अभियुक्त तामाङलाई ललितपुरको कृष्ण मन्दिरनजिकैको एक क्याफेबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार तामाङ  आपराधिक समूह ‘युनाइनेट लिबरेसन फ्रन्ट अफ नेपाल’का सदस्य हुन् । भण्डारीको हत्या १६ भदौ ०६४ मा भएको थियो । अन्य ६ अभियुक्तलाई भने प्रहरीले ८ मंसिर ०६८ मा पक्राउ गरेको थियो । (सौस)

प्रतिक्रिया