सरकार बनाउन बखेडा गर्नु हुँदैन

काठमाडौं, ४ असोज । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले सहमतीय सरकारका बनाउन एमाओवादीले बखेडा गर्न नहुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति पटक पटक भईसकेको दाबी गरे । ‘नयाँ संधिवान बनाउन नसक्ने, नयाँ निर्वाचन गराउन पनि नसक्ने एमाओवादीले मुलुकमा निकास दिन सक्दैन,’ उनले भने, ‘कांग्रेस नेतृतवमा सरकार बनाएर निकास दिनु पर्छ ।’
उनले निर्वाचन गर्न नसकेर सर्वाङग नाङगो भईसकेका प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार पदमा रहनु हास्यास्पद रहेको टिप्पणी गरे ।
उनले राष्ट्रपतिलाई नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गर्न सुझाव दिए ।
एमाले नेता भीम रावलले शुक्रवार बस्ने चार दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त गरेर नयाँ सहमतिको सरकार गठन गर्ने विषयलाई टुङग्याउनु पर्ने बताए । उनले बर्तमान सरकार रहे सम्म निकास आउन नसक्ने दोहराए ।

प्रतिक्रिया