भाइरल ज्वरोबाट १ जनाको मृत्यु

ताप्लेजुङ, ४ असोज । ताप्लेजुङ जिल्लामा भाइरल ईन्फ्लुएञ्जाको संक्रमणबाट तापेथोक गाविसमा एक बालकको मृत्यु भएको छ ।
तापोथोक गाविसमा रहेको पार्वती निमाविमा कक्षा–५ मा अध्ययन गर्दै गरेका राजपति हेल्लोक लिम्बुको मृत्यु भएको स्थानीय नेत्र फेम्बोले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
ईन्फ्लुएञ्जा प्रभावित तापेथोक गाविसका वार्ड नम्वर ७, ८ र ९ मा मात्र डेढ सय भन्दा बढि मानिस प्रभावित भएका छन् ।

प्रतिक्रिया