कैलालीमा नाबालक छोराको हत्या

कैलाली, ४ असोज । कैलालीको धनगढी नगरपालिका–१२ जुगेडा ‘सी’ गाउँका एक व्यक्तिले २८ दिनका आफ्नै नाबालक छोराको हत्या गरेका छन् ।
घरमा सामान्य विवाद भएपछि बुधबार राती मदिरा सेवन गरेर आएका २७ वर्षीय हेमन्त जोशीले आवेगमा आफ्नै २८ दिनका छोरा पुष्पराजको हत्या गरेका हुन् ।
घरमा सुतिरहेका नाबालकको खुट्टा समाएर भुईमा पछार्दा घाईते भएका पुष्पराजको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुले पछार्दा गम्भीर घाईते उनलाई सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
छोराको हत्या गर्ने जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।
उता, अछाममा आज बिहान बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको मष्टामाण्डौं–९, पायडीका २४ वर्षीय भजन ओडको मृत्यु भएको हो ।
आफ्नै बारीमा अन्नबाली खाने क्रममा धपाउन खोज्दा बँदेलले झम्टे पछि ओड घाईते भएका थिए । उनको उपचारका क्रममै मृत्यु भएको हो ।

प्रतिक्रिया