‘घर फर्कने वातावरण मिलाइदिनु’

ताप्लेजुङ : चोरी अभियोगमा प्रहरीमा जाहेरी दिएकी ताप्लेजुङकी एक महिलाले सोही कारण गाउँमा बस्ने अवस्था नभएको भन्दै घर फर्किने वातावरण मिलाइदिन सञ्चारकर्मीसँग आग्रह गरेकी छन् ।
निघुरादिन–९ टाहारीकी किराना पसल सञ्चालक कृष्णमाया पोमु तुम्बाहाम्फेले आफ्नो घरमा चोरी भएको विषयमा प्रहरीमा जाहेरी दिएपछि स्थानीय एक समूहबाट ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाका लागि पहल गरिदिन अपिल गरेकी हुन् । घटनाको जाहेरीमा पनि प्रहरीले आनाकानी गरेको तुम्बाहाम्फेको गुनासो छ । आफू सदरमुकाम आएको छैटौँ दिनमा मात्र जाहेरी दर्ता भएको उनले बताइन् ।
२७ भदौमा राति घरमा चोरी भएपछि तुम्बाहाम्फेले प्रहरीमा जाहेरी दिएकी हुन् । उनका अनुसार तीनजनाको संख्यामा आएका समूहबाट ३० हजार रुपियाँसहित किराना सामानसमेत गरेर करिब ६० हजार रुपियाँभन्दा बढीको चोरी भएको थियो ।
यस्तै, घटनाका आरोपी भनिएका भीमकुमार पोमुले साना बालबालिकाले चोरी गरेको विषय भएको तर कसले गर्‍यो भन्न आफूहरू पनि अन्योलमा रहेको बताए । (सौस)

प्रतिक्रिया