संविधानसभा व्युताउँनु हुँदैनः केसी

चितवन, ३ असोज । कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधानसभा ब्युताउने बहस निरर्थक रहेको दोहराएका छन् ।
नेपाल प्रेस युनियनले आज चितवनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानसभा पुनःस्थापनाबाट समस्या समाधान हुनु भन्दा मुलुक झन जटिलतामा फस्ने बताए ।
‘सर्वोच्च अदालतले संविधानसभाको औचित्यमाथि प्रश्न चिन्ह लगाइसकेको छ,’ उनले भने, ‘चार बर्ष सम्म नयाँ संविधान दिन नसक्ने संविधानसभाले छोटो समयमा कसरी काम गर्छ ?’
प्रधानमन्त्री चयनमा कुनै समस्या नरहेको बताएका केसीले उप–सभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवाबाटै उम्मेदवार खोजिने बताए । उनले भने, ‘पौडेल र देउवाबीच सहमति हुन नसके तेस्रो व्यक्तिको उम्मेदवारी दिन्छौं ।’

प्रतिक्रिया