वीरगञ्जमा दुर्गाको मूर्ति चोरी

वीरगञ्ज, ३ असोज । वीरगञ्ज उपमहानगरपालिका–१४ मा रहेको दुर्गा मन्दिरकोे मूर्ति चोरी भएको छ ।
गएराति अज्ञात समूहले मन्दिरको मूर्ति चोरेर लगेको स्थानीय दिलीप प्रधानले जानकारी दिए । तीजको अवसरमा मन्दिर खुला रहेको मौका छोपेर चोरहरूले धातुबाट निर्मित मूर्ति चोरी गरी लगेको उनले बताए ।
मुर्ति चोरी भएका विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक विनोद धितालले जानकारी दिए ।

प्रतिक्रिया