कोसीमा पानीको बहाव उच्च

विराटनगर, २ असोज । विगत केही दिनदेखि पूर्वी पहाडी भेगमा भइरहेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको जलस्तर निकै बढेको छ ।
पूर्व क्षेत्र प्रहरी कार्यालय रानीका अनुसार कोसी नदीमा आज पानीको बहाव एक लाख ६४ हजार १० क्यूसेक पुगेको छ ।
कोसी ब्यारेजको ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ । ब्यारेजको पूर्वी तथा पश्चिमी तटबन्धमा खतराको सूचक रातो झन्डा गाडिएको प्रहरीले जनाएको छ ।
सोमबार कोसीको जलस्तर एक लाख ५८ हजार ३३० क्यूसेक रहेको थियो । फाईल तस्विर

प्रतिक्रिया