१५ दिनलाई पुनःस्थापना गरौः देउवा

काठमाडौं, २ असोज । कांग्रेस नेता शेरबहादुर देउवाले १५ दिनका लागि भए पनि संविधानसभा पुनःस्थापना गर्न माग गरेका छन् ।
गणेशमान सिंहको स्मृति दिवसका अवसरमा नेविसंघ स्ववियु परिषदले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘१५ दिनका लागि भए पनि संविधानसभा पुनःस्थापनाको अर्को विकल्प छैन ।’ उनले संविधानका विवादित विषयमा सहमति खोजेर छोटो समयका लागि संविधानसभा पुनःस्थापना उपयक्त हुने बताए ।
संविधान संशोधन, नयाँ निर्वाचन अथवा नयाँ संविधान जारी गर्नेजस्ता काम गर्न पनि संविधानसभा पुनःस्थापना आवश्यक रहेको देउवाको भनाई थियो ।
उनले भने, ‘अहिले यी तीन विषयका बारेमा मधेसी मोर्चासहित तीन दलबीच गम्भीररुपमा छलफल भइराखेको छ ।’
नेता देउवाले दलहरुबीच उच्च सहमति, सहकार्य र समन्वय गर्नै पर्ने बताए ।

प्रतिक्रिया