प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री

बागलुङ, २ असोज । अर्थमन्त्री वर्षमान पुनले यथाअवस्थामा तत्कालै प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने बताएका छन् ।
बागलुङमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि प्रयास भइरहेको बताएको दाबी गरे । ‘वर्तमान अवस्थामा प्रधानन्त्रीले राजीनामा दिँदा देश अझै अन्योलग्रस्त बन्छ,’ उनले भने, ‘मुलुकलाई जोगाउन राजीनामा दिनु हुँदैन ।’
उनले सरकारले सिफारिस गरेका अध्यादेश अस्वीकार गरेर राष्ट्रपति कार्यकारी भूमिकामा आउन खोजेको आरोप लगाए । उनले भने, ‘अध्यादेश जारी गरेर राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्नुपर्छ ।’

प्रतिक्रिया