पहिरोका कारण बाटो अबरुद्ध

हेटौंडा, १ असोज । लगातारको बर्षाका कारण हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मदन भण्डारी मार्ग आज अबरुद्ध भएको छ ।
गएराति देखि परेको बर्षाले हेटौंडा–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं जाने बाटोको पाँच ठाउँमा पहिरो झरेको छ । पहिरो झरे पछि सडक अबरुद्ध भएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।
काठमाडौंबाट डोजर आए पहिरो पन्छाउनु पर्ने भएकाले बाटो सञ्चालनमा आउन केही समय लाग्ने प्रहरी भनाई छ ।
बाटो अवरुद्ध भएपछि हेटौडाबाट काठमाडौं चल्ने साना सवारी साधन त्रिभुवन राजपथ हुँदै गन्तव्य तर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया