बर्षाका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं, १ असोज । राजधानी लगायत मुलुक भरि परेको अविरल वर्षाका कारण आन्तरिक हवाइ उडानमा समस्या भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कार्यालयका अनुसार बर्षाले काठमाडौंबाट विराटनगर, पोखरा, सिमरा, तुम्लिङ्टार, भरतपुरलगायतका क्षेत्रमा जाने उडानहरु अवरुद्ध भएका छन् ।
खराव मौसमका कारण काठमाडौंमा हुने आन्तरिक उडान सबै प्रभावित भएका छन् ।

प्रतिक्रिया