बर्षाले मुलुक भरिको जनजीवन प्रभावित

काठमाडौं, १ असोज । पछिल्ला तीन दिन यता लगातार परेको बर्षाका कारण मुलुक भरिको जनजीवन कष्टकर बन्दै गएको छ ।
केही जिल्लामा बर्षा रोकिदै पर्दै गरेका कारण जनजीवन प्रभावित भएको हो । अविरल परेको बर्षाका कारण केही जिल्लामा त्यसको अत्याधिक प्रभाव समेत परेको छ ।
आज बर्षा मुलुक भरि भईरहेको मौसम पूर्वानुमान महाशाखा काठमाडौंका मौसमविद् राजुधर प्रधानाङले जानकारी दिए । उनका अनुसार अझै दुई दिन सम्म बर्षा जारी रहने छ ।
पछिल्लो चौवीस घण्टामा सबै भन्दा धेरै पानी पोखरामा परेको छ । पोखरामा ५५ दशमलव ८ मिलिलिटर बर्षा रेकर्ड गरिएको छ ।
त्यसै गरेर सबै भन्दा कम पानी दिपायलमा परेको प्रधानाङले जानकारी दिए । दिपायलमा ९ दशमलव १ मिलिलिटर पानी परेको छ ।
काठमाडौंमा २३ दशमलव ५ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ । दिउसो एक बजे काठमाडौं उपत्यकामा २० डिग्री सेण्डीग्रेड तापक्रम मापन गरिएको प्रधानाङले जनाए ।बर्षा अत्याधिक भए पछि राजधानीको जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौंका सडकहरुमा उल्लेख्य पानी जमेका कारण पैदल यात्रु र सवारी साधनलाई आवतजावतमा समस्या परेको छ । (तस्विर गुगल)

प्रतिक्रिया