अरिंगालको टोकाईबाट बालिकाको मृत्यु

जाजरकोट, ३१ भदौ । अरिंगालको टोकाईबाट जाजरकोटमा एक बालिकाको ज्यान गएको छ । जाजरकोटको सक्ला–८ की नौ वर्र्षीया शिला शाहीको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।
शनिवार आफ्ना दाईसँग गोठाला गएका बेला शिलालाई अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट घाइते शिलाको उपचारका क्रममा आज मृत्यु भएको आफन्तले जनाएका छन् ।
अरिंगालको टोकाइबाट गम्भीर घाइते उनका दाजु प्रयासको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया