महिलाको शव फेला

राजविराज : सप्तरीको घोघनपुर–४ स्थित चन्द्रनहरमा शनिबार बिहान बेवारिसे शव फेलापरेको छ । अन्दाजी ३० वर्षीया महिलाको शव नहरमा डुबेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शवको प्रकृति हेर्दा तीन–चार दिनअघि नै मरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । खुट्टालगायत जिउको विभिन्न भागमा स्याल–कुकुरले चिथोरेको र सडेको अवस्थामा शव फेलापरेको इन्स्पेक्टर राजेन्द्र बस्नेतले बताए । शवपरीक्षणका लागि सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले बताएको छ । (सौस)

प्रतिक्रिया