सिन्धुपाल्चोक बार अध्यक्षमा श्रेष्ठ

सिन्धुपाल्चोक, ३० भदौ । नेपाल बार एसोसिएसन सिन्धुपाल्चोक शाखामा श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।
चौतारामा सम्पन्न बारको एघारौ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय कार्य समिति चयन गरेको हो ।
नव निर्वाचित उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः अमित घिमिरे, भेषराम ढकाल र मकबहादुर उदास रहेका छन् ।
सदस्यहरुमा हरि कार्की यज्ञ दंगाल, हरि सुवेदी, कृष्णबहादु श्रेष्ठ निर्वाचित भएका छन् ।
अध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो भने अन्यमा सर्वसम्मत भएको नव निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । जिल्ला बारमा १८ जना सदस्य छन् ।

प्रतिक्रिया