जाजरकोटमा वर्षाले यातायात अवरुद्ध

जाजरकोट, ३० भदौ । अत्याधिक बर्षा भएपछि छिन्चु–जाजरकोट मोटरबाटो पुनः अवरुद्ध भएको छ ।
फेरा खलंगा–सडक खण्ड फेरी अवरुद्ध भएको हो । सडकका विभिन्न स्थानमा पहिरो गएका छन् भने फेराखोलामा पानीको सतह बढेपछि यातायात सेवा अवरुद्ध भएको भेरी–गंगा यातायात व्यवसायी समितिले जनाएको छ ।
यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतमा सास्ती भोग्नु परेको छ । सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु खलंगा, फेरा, कुदु र छेडामा अलपत्र परेका परेका छन् ।
मालबाहक ट्याक्टर र ट्रकपनि सडकमै अलपत्र परेको समितिका ईन्चार्ज मनोज शाहले बताए । पानी पर्न नरोकिएकाले मर्मत कार्य पनि शुरु हुन सकेको छैन ।

प्रतिक्रिया