सहमति नजिक पुगेका छौः खनाल

चितवन, २९ भदौ । एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक गतिरोध अन्त्यका लागि शनिबार निर्णायक वार्ता हुने बताएका छन् ।
चितवनमा आज आयोजित कार्यक्रममा उनले दलहरु सहमति नजिक पुगेको बताए । उनले भने, ‘शनिबार बस्ने शीर्ष नेताहरुको बैठक टुङ्गोमा पुग्छ ।’
दलहरूलाई मिलाएर सहमति गर्नेतर्फ एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको दाबी छ ।

प्रतिक्रिया