मध्यान्ह पछि जनजीवन सामान्य

काठमाडौं, २९ भदौ । नेकपा–माओवादीले आह्वान गरेको आधा दिने नेपाल बन्दका कारण राजधानी लगायत मुलुक भरिको जनजीवन कष्टकर बनेको छ ।
नेकपा–माओवादीले मध्यान्ह १२ बजेदेखि बन्द फिर्ता लिएपछि जनजीवन सामान्य तर्फ उन्मूख भएको छ । पेट्रोलियम पदार्थमा भएको भारि मूल्यवृद्धि फिर्ताको माग गरेर नेकपा–माओवादीले नेपाल बन्द आह्वान गरेको हो ।
बन्द सफल बनाउन नेकपा–माओवादीका समर्थक विहानैदेखि सडकमा उत्रिएर अवरोध पुराएका थिए । उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै केही स्थानमा सवारी साधनमा तोडफोड समेत गरेका छन् ।
बन्दका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरी प्रशासनले मुलुकभरि उच्च सुरक्षासर्तकता अपनाएको जनाएको छ । राजधानीका सडकमा आज विहानैदेखि बाक्लै सुरक्षाकर्मीको उपस्थिति देखिएको थियो ।
बन्दका कारण उपत्यकाको जनजीवन पनि पूर्ण रुपमा प्रभावित भएको छ । बन्दले चितवन, विराटनगर, झापा, पोखरा, बुटवल, नेपालगञ्जल, मकवानपुरगायतका प्रमुख शहरमा धेरै प्रभाव पारेको छ ।
बन्द अवधिभर सार्वजनिक सवारी साधन, शिक्षण संस्था तथा कलकारखाना चल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया