तेह्रथुममा छात्रामा अनौठो रोग

तेह्रथुम, २८ भदौ । तेह्रथुम जिल्लाको सुङ्नाम गाविसस्थित सिंहदेवी उच्च माविका छात्राहरुमा रुने, कराउने र बेहोस हुने अनौठो विराम देखा परेको छ ।
अनौठो रोग देखापरे पछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आज एकै दिन २८ छात्रामा सो विरामी देखा परेपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक ज्ञानबहादुर श्रीपालीले बताए ।
‘छात्रामा रुने, कराउने, चिच्याउने, बेहोर हुने, मुटु दुख्यो भनेर उफ्रने, आफ्नै घाँटी निमोट्ने, चिथोर्ने, टोक्ने लक्षण देखिएको छ,’ उनले भने, ‘छात्राहरु ऊ आयो, खायो, बरु म आफै मर्छु ।’
छात्राहरु दुई देखि ५/६ घण्टासम्म बेहोस हुने गरेको प्रधानाध्यापक श्रीपालीले बताए । स्थानीय स्वास्थ्य संस्थाको औषधिले छात्राहरुको विराम निको नभएपछी धाँमी–झाँक्री समेत गरिएको शिक्षकहरुले बताए ।
छात्राहरुमा देखिएको उक्त विराम ‘मास हिस्टेरिया’ हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी शर्माले बताए । (तस्विर गुगलबाट साभार)

प्रतिक्रिया