ज्वरोले एक जनाको मृत्यु

ताप्लेजुङ, २८ भदौ । चार दिनदेखि ज्वरोले थलिएका ताप्लेजुङ खोक्लिङ–३, डाँडा गाउँका भक्तबहादुर घलेको आज विहान मृत्यु भएको छ ।
६६ वर्षीय घलेलाई ज्वरो आएपछि नजिकको स्वास्थ्य चौकीवाट औषधि लगेर खुवाइएको थियो । उनलाई झाडापखाला समेत सुरु भए पछि ज्वरोले च्यापेर मृत्यु भएको छोरा रविन घलेले जानकारी दिए ।
जिल्लाका गाउँगाउँमा अहिले ज्वरो तथा घाँटी दुख्ने समस्याबाट मानिसहरु प्रभावित छन् ।

प्रतिक्रिया