खोजखबर

शुक्रबारको नेपाल बन्द आधा दिन मात्रै

सौर्य अनलाइन २०६९ भदौ २८ गते ५:२९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । आकाशिंदो महंगी विरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपा–माओवादीले आफ्नो नेपाल बन्दको कार्यक्रममा केही हेरफेर गरेको छ ।
नेकपा–माओवादी प्रवक्ता पम्फा भुषालले आज विज्ञप्ति जारी गरेर भदौ–२९ गते शुक्रबार आव्हान गरेको नेपाल बन्द कार्यक्रमलाई आधा दिन मात्रै गर्ने निर्णय भएको जनाएकी छन् ।
‘राष्ट्रिय बाल दिवस र महिलाहरुको चाड तिज समेतलाई ध्यानमा दिई भदौ–२९ गते शुक्रबारको नेपाल बन्द विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्र गर्ने निर्णय गरेका छौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आयल निगमलाई घाटा भएको भन्दै सरकारले मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा भारि मूल्य बृद्धि गरे पछि नेकपा–माओवादीले विरोध जनाउँदै आएको छ । बृद्धि भएको मूल्य फिर्ता गर्न माग गरेर नेकपा–माओवादीले शुक्रबार नेपाल बन्द आह्वान गरेको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय