काठमाडौं, २७ भदौ । चुरेभावर राष्ट्रिय एकता पार्टीले महासचिवबाट कारबाहीमा परेका महिला तथा बालकालिका मन्त्री बद्रीप्रसाद न्यौपानेलाई दुई दिन भित्र सरकारबाट चेतावनी दिएको छ ।
चुरे भावरले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्यौपानेलाई मन्त्रीबाट नहटाए सडक आन्दोलन गर्ने जनाएको छ । पार्टी हित विपरित कार्य गरेकाले चुरे भावरले न्यौपाने सहतिका केही पदाधिकारी र सदस्यलाई कारबाही गरेको छ ।
६७ जना केन्द्रीय सदस्य मध्ये ४२ जना अहिले पनि आफ्नो पक्षमा रहेको सहअध्यक्ष भूमिराज निरौला रहेको चुरे भावरले दावी गरेको छ ।
सरकारमा रहने विषयमा विवाद भएपछि चुरे भावर राष्ट्रिय एकता पार्टी विभाजन भईसकेको छ ।
प्रतिक्रिया