राष्ट्रपति र प्रधानमन्त्रीवीच भेटबार्ता

काठमाडौं, २७ भदौ । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईवीच आज भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयमा सरकारले सिफारिस गरेका र सिफारिको तयारीमा रहेका आधा दर्जन बढि अध्यादेशका विषयमा समेत भेटमा कुराकानी भएको स्रोतले जनाएको छ ।
कामचालउ सरकारले बाधा अड्काउ फुकाउने सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेलगत्तै डा.यादव र भट्टराईवीच भेटबार्ता भएको हो ।

प्रतिक्रिया