कृषि बैंकविरुद्ध अख्तियारमा उजुरी

काभ्रे, २७ भदौ । कृषि विकास बैंकविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दर्ता नम्बर ५९५ मा बंैकको जनशक्ति व्यवस्था विभागका प्रमुखलाई अख्तियारको दुरूपयोग गरेको भन्दै उजुरी दर्ता गरिएको छ ।

बैंक सुरक्षाका लागि राखिएका सुरक्षागार्डको नियुक्ति सम्झौता प्रतिस्पर्धाद्वारा गराउनु पर्ने भए पनि व्यक्तिगत सम्बन्धका आधारमा आर्थिक प्रलोभनमा परी सम्झौता गरिएको भन्दै सुरक्षागार्डसँग सम्बन्धित कम्पनीले अख्तियारमा उजुरी दर्ता गरेका हुन् । कृषि विकास बैंकका विभिन्न शाखामा १४ सुरक्षागार्ड कम्पनीले सुरक्षा दिँदै आएका छन । ०६८ पुसदेखि आठवटा कम्पनीलाई हटाएर ६ वटालाई मात्रै जिम्मेवारी दिएपछि अन्य कम्पनी अख्तियार पुगेका हुन् ।
कम्पनीसँगको सम्झौतामा सुरक्षा गार्डसम्बन्धी जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा वा सम्झौता अगावै अर्काे व्यवस्था गर्नुपर्ने भएमा एक महिना अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउने उल्लेख छ । तर, कृषि विकास बंैक जनशक्ति विभागले सम्झौताको उल्लंघन गर्दै आठवटा कम्पनीका सुरक्षा गार्डलाई विनाजानकारी जिम्मेवारीबाट हटाई अन्य कम्पनीका सुरक्षागार्डलाई जिम्मेवारी दिएपछि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्् ।
जनशक्ति विभागका पन्नाकाजी बज्राचार्य, गणेश डिसी र विजय सुब्बा, सुरक्षा अधिकृत अमर सिं थापाविरुद्ध कम्पनीले पूर्वजानकारी विना सम्झौता रद्द गरेको भन्दै उजुरी गरेका हुन् । उजुरी गर्ने कम्पनीमा स्वर्णिम सेक्युरिटीको १९ पोस्टमा ९५ जना, साइराम सेक्युरिटीको पाँच स्थानमा २५ जना, प्याराडाइज सेक्युरिटीको १३ स्थानमा ६५ जना, त्रिमूर्ती सेक्युरिटीको आठ स्थानमा ४० जना, सिर्जनशील जनशक्ति विकास तथा आपूर्ति प्रालिको दुई स्थानमा १० जना गरी ४७ स्थानमा दुई सय ३५ जना सुरक्षागार्डले सुरक्षा दिँदै आएका थिए । बैंकले एक कमान्डरसहित तीन कम्पनीलाई २४ घन्टे पत्र समेत पठाएको थियो । कम्पनीले पहिलेकै सम्झौता वा पुन: टेन्डर गर्न माग गर्दै कम्पनीको पत्र अस्वीकार गरेका हुन् । बंैकले ६ महिनाका लागि गोप्यरूपमा गरेको सुरक्षा सम्झौता अवैधानिक भएको भन्दै कम्पनी सर्वाेच्च जाने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया