१२ गैँडा मरे

चितवन : चितवन राष्ट्रिय निकुञ्जको आसपासमा एक वर्षमा १२ वटा गैँडा मरेका छन् । विश्व सम्पदामा सूचीकृत निकुञ्जमा प्राकृतिक कारण १० वटा, जावलाखेलको चिडियाखानामा एक र चोरी सिकारीका कारण एक गरी १२ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ  ।
आर्थिक वर्ष ०५५/५६ देखि ०६८/६९ सम्म निकुञ्जमा एक सय ८२ वटा गैँडा प्राकृतिक कारण र एक सय ७० चोरी सिकारीका कारण मरेको तथ्यांक छ । निकुञ्जमा सुरक्षा व्यवस्थापनमा कडाइका साथ सुधार र स्थानीय स्तरमा जनचेतनामा वृद्धि भएपछि आर्थिक वर्ष ०६८/६९मा चोरी सिकारीका कारण एउटा मात्र गैँडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बताए । (सौस)

प्रतिक्रिया