नेपाल बन्द आधा घट्यो

काठमाडौं, २६ भदौ । विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले आह्वान गरेको बुधबारको नेपाल बन्द आधा दिन कम भएको छ ।
बन्दको चौतर्फि बिरोध भएपछि विद्यार्थी संगठनहरुले आधा दिन मात्रै बन्द गर्ने निर्णय गरेका हुन् । आज बेलुका काठमाडौंमा बसेको विद्यार्थी संगठनहरुको बैठकले बुधबार विहान ६ बजे देखि १२ बजे सम्म मात्रै नेपाल बन्द गर्ने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
उनले भने, ‘बुधबार विहान ६ बजे देखि १२ बजे सम्म मात्रै नेपाल बन्द गर्ने निर्णय भएको छ ।’
सरकारले पेट्रोलिय पदार्थमा भारि मूल्य बृद्धि गरेपछि विरोधमा विपक्षी दल सम्बद्ध युवा–विद्यार्थी संगठनहरु सडक आन्दोलनमा उत्रिएका हुन् । बन्दलाई युवा संगठनका साथै नेकपा–माओवादीले पनि समर्थन जनाएको छ ।

प्रतिक्रिया