सञ्चार क्षेत्रमा धेरै समस्या छनः महरा

दाङ, २६ भदौ । एकीकृत माओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले राजनीतिक अस्थिरताले अन्य स्थानमा जस्तै पत्रकारिता क्षेत्रमा सोंचे जस्तो परिर्वतन गर्न नदिएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ दाङको जिल्ला अधिवेशनलाई आज उद्घाटन गर्दै उनले भने, ‘वर्तमान राजनीतिक अस्थिरताले पत्रकारितामा आमूल परिवर्तन गर्न सकिएको छैन ।’ उनले पत्रकारिता र त्यसका तमाम चुनौतीलाई समाधान गर्नु पर्ने उल्लेख गरे ।
पत्रकार र पत्रकारिता क्षेत्रमा धेरै समस्या तथा कमिकमजोरी देख्ने र सुन्ने मौका पाएको बताएका महराले पत्रकारिता जगतमा आमूल परिर्वतनको खाँचो औंल्याएका छन् ।
उनले भने, ‘राज्यका तर्फबाट पनि सूचना र संचारको विकासमा अत्यधिक काम गर्न बाँकी छ ।’

प्रतिक्रिया