क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २६ भदौ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली क्रिकेट टोलीले ठूलो र गौरवपूर्ण उपलब्धी हासिल गरेको भन्दै बधाई दिएका छन् ।
आज शुभकामना सन्देस जारी गरेर भट्टराईले भनेका छन्, ‘समूह तीनमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई नेपाल सरकारको तर्फबाट बधाई दिन चाहन्छु ।’
खेलकूदको माध्यमबाट नेपाल र नेपालीको शीर उँचो राखेको भन्दै उनले खेलाडी र प्रशिक्षकहरुको प्रशंसा गरेका छन् ।
क्रिकेट खेलमा प्राप्त उपलब्धीको सरकारले उच्च मूल्याङ्कनका साथ कदर गर्ने भट्टराईको आश्वासन छ ।

प्रतिक्रिया