महाप्रबन्धक नियुक्ति माग गरेर तालाबन्दी

काठमाडौं, २६ भदौ । नेपाल खानेपानी संस्थानमा महाप्रवन्धक नियुक्ति गर्नु पर्ने माग गरेर आज कार्यालयमा तालावन्दी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र कर्मचारी परिषद्ले केन्द्रीय कार्यालयलगायत शाखा कार्यालयमा तालावन्दी गरेको हो ।
संस्थानमा लामो समयदेखि महाप्रबन्धक नियुक्ति हुन नसक्दा असारदेखि संस्थानमा कार्यरत कर्मचारीले तलवसुविधा नपाएको भन्दै परिषदले आन्दोलन सुरु गरेको हो ।
माग पुरा नहुँदा सम्म कार्यालयमा तालावन्दी गरिने परिषद्का अध्यक्ष भीमसेन पोखरेलले जानकारी दिए ।
परिषदले सोमबार कार्यालयमा दुई घण्टा तालावन्दी गरेको थियो ।

प्रतिक्रिया