सेनामा अराजनैतिक चरित्र बनाउन दिर्नेशन

काठमाडौं, २५ भदौं । नवनियुक्त प्रधानसेनापति गौरब शम्शेर जबराले राष्ट्रिय एकताको संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा अराजनैतिक चरित्र र व्यवसायिकता प्रदर्शन गर्न निर्देशन छन् ।
सैनिक मुख्यालय भद्रकालीमा आज सकल दर्जाहरुलाई सम्बोधन गर्दै उनले कालान्तरसम्म पनि राष्ट्रिय एकताको संरक्षणमा रहीरहनु पर्ने धारणा व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उनले भनेका छन्, ‘नेपालमा शान्ति, स्थायित्व कायम राख्न सक्ने र नयाँ नेपालको परिकल्पनालाई सहयोग पुराउनु पर्छ ।’
नेपाली जनताको शान्त, समुन्नत र अखण्ड देशको आकांक्षालाई कदर गर्ने बताएका जवराले द्वन्द्व पश्चात नेपालमा जारी शान्ति प्रकृयालाई टुंगोमा पुराउन नेपाली सेनाले सहयोगी भूमिका निर्वाह गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
उनले सांगठनिक सुदृढीकरण तथा आधुनिकीकरण, प्रभावकारी र असरदार प्रशासनिक, बन्दोबस्ती प्रणालीको स्थापना, विकास, गतिशील, समयसापेक्ष एवं अनुकूल सैनिक बल, सकलदर्जाको वृत्ति विकासमा जोड दिएका छन् ।
शान्ति सेनामा सहभागिता प्रकृया र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार, सैनिक सामग्रीहरूको उत्पादन क्षमतामा विकास र घरेलु उद्योगहरूको सामानलाई प्रोत्साहन तथा कल्याणकारी नीतिहरूको पुनरावलोकन एवं जीवनस्तरमा सुधार ल्याउने आफ्नो उदेश्य रहने उनको भनाई छ ।

प्रतिक्रिया