कांग्रेस नयाँ चुनावकै पक्षमाः कोइराला

बागलुङ, २५ भदौ । कांग्रेस सभापति सुशील कोइरालाले मुलुकलाई नयाँ निर्वाचन अवाश्यक रहेको बताएका छन् । उनले कांग्रेस पनि नयाँ निर्वाचनकै पक्षमा रहेको बताए ।
नेपाल प्रेस युनियन धौलागिरि समन्वय समितिले आज बाग्लुङमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार परिवर्तन नभएसम्म विश्वासको वातावरण सिर्जना नहुने बताए । उनले नयाँ सहमतिका लागि सरकार विघटन हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति र अन्तर्राष्ट्रिय समुदायको सहभागितामा विश्वासिलो वातावरण तयार भए छोटो समयका लागि संविधानसभा पुनःस्थापना गर्न सकिन्छ उनको भनाई थियो ।

प्रतिक्रिया