यौन दुरव्यवहार गर्ने दुई शिक्षक पक्राउ

चितवन, २५ भदौ । चितवनको माडीमा आफ्नै छात्रालाई यौन दुरव्यवहार गर्ने दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माध्यामिक विद्यालयका शिक्षक देवराज साखी र शिव आचार्य रहेका छन् ।
उनीहरुलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । स्थानीयले शिक्षकहरुलाई कुटपिट समेत गरेका छन् ।
उनीहरुले कक्षा ७ र ८ मा पढ्ने बालिकाहरुलाई यौन दुरव्यवहार गरेको आरोप छ । यौन दुव्र्यवहार गरेको थाहा पाए पछि अभिभावकले दुई शिक्षक विरुद्ध प्रहरीमा उजुरी समेत गरेका थिए ।
शिक्षकहरुले आफैले पढाउने गरेका छात्रालाई लामो समयदेखि यौन दुरव्यवहार गर्दै आएको आरोप अभिभावकको छ ।

प्रतिक्रिया