सालकको खपडासहित दुई पक्राउ

सिन्धुपाल्चोक, २५ भदौ । नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत सुरक्षार्थ खटिएको नेपाली सेनाको गोरखनाथ गणले ड्यामसाइडबाट १० किलो सालकको खपडासहित दुई जनालाई पक्राउ गरेरको छ ।
लुकाई छिपाई चीन तर्फ लैजादै गरेको खपडासहित पैदल हिडिरहेका दुई युवालाई आज सेनले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो ।
पक्रउ पर्नेमा जेठलका ५८ वर्षीय बीरबहादुर श्रेष्ठ र सोही गाउँका ५२ बर्षीय हीरालाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । झोलामा बोकेर चीन तर्फ लैजाँदै गरेको खपडा सेनाले शंकाका आधारमा जाँच गर्दा फेला परेको थियो ।
बरामद खपडा छुटाउन केही तस्करहरु लागेका थिए । तस्करहरुको समूहले ३ लाखको चेक, नगद २४ हजार ५ सय र ४ तोलाको सुनको औंठी सेनालाई घुसवापत दिने प्रयास गरेको सिन्धुपाल्चोकका निरीक्षक सुजनकुमार राजभण्डारीले वताए ।

प्रतिक्रिया