भाइरल प्रकोप तिब्र, चारको मृत्यु

हेटौंडा, २५ भदौ । मकवानपुर जिल्लाका विभिन्न गासिवस र नगरपालिकामा भाइरल ज्वरोको प्रकोपले सर्वसाधारण विरामी परेका छन् ।
आग्रा र गोगने, डाडाँखर्क तथा हेटौंडा नगरपालिका क्षेत्रमा भाइरलको प्रकोप देखिएको हो । प्रकोपका कारण जिल्लामा एक महिना बित्न नपाउँदै चार जनाको ज्यान गएको छ । दैनिक दुई सय भन्दा बढि हेटौंडा अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।
प्रकोपका कारण आग्रा–७ का दस वर्षीय मिलन सुवेदी र गोगने–३, कटहरेकी सात बर्षीय संगीता वाईवा, दामन–८ का दुई वर्षीय युवराज रुम्वा र बिपिन पाख्रिनको ज्यान गईसकेको छ ।
रुम्वा र पाख्रीनको ज्यान भदौं–१४ गते गएको स्थानीयले जानकारी दिए ।
मकवानपुरसँगै सीमा जोडिएको धादिङको किरान चौंक गाविसमा पनि भाइरल ज्वरोको प्रकोप रहेको स्थानीयले जानकारी दिए ।
गाउँमा उचित उपचार हुन नसक्दा सर्वसाधारणहरु पीडित भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको टोली प्रभावित स्थलको अनुगमनका लागि पुगे पनि अहिले सम्म कुनै जानकारी नआएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया