सुर्खेतमा जिएमआरको कार्यालय घेराउ

सुर्खेत, २५ भदौ । नेकपा–माओवादीले माथिल्लो कर्णाली जलविधुत परियोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरसँग भएको सम्झौता खारेजको माग गर्दै आज सुर्खेतस्थित जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा प्रदर्शनसहित घेराउ गरेको छ ।
सम्झौता राष्ट्रको हित विपरित भएको दाबी सहित विरोध गर्दै आएको नेकपा–माओवादीको भेरी–कर्णाली राज्य समितिले कार्यालय घेराउ गरेको हो ।
नेकपा–माओवादी सुर्खेतका सेक्रेटरी ठम्मरबहादुर विष्टले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्झौता खारेज हुनुपर्ने माग गरे । उनले राष्ट्रिय हित विपरित भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिनु गलत भएको दाबी गरे ।
नेकपा–माओवादीले विज्ञप्ति जारी गरेर जीएमआरले काम अघि बढाए त्यको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
कर्णाली जलाधार संरक्षण समाजले पनि माथिल्लो कर्णाली जलविधुत परियोजना नेपाली लगानीमा नै सञ्चालन हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया