क्षेत्री समाजका अध्यक्ष प्रहरीको अपहरणमा

सिन्धुपाल्चोक, २४ भदौ । क्षेत्री समाज नेपाल सिन्धुपाल्चोकका अध्यक्ष गुनबहादुर थापालाई प्रहरीले अपहरण गरी बेपता बनाएको आफन्तहरुले दाबी गरेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरको होटल अर्किडको कोठा नम्बर २ सय ५ मा बसिरहेका थापालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । थापाले कुनै कसुर नगरेको आफन्त र समाजको दाबी छ ।
उनको नियन्त्रणका बारे प्रहरीले केही बताउन चाहेको छैन । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालका विरुद्ध आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको तयारीमा रहेका थापालाई प्रहरीले अपहरण गरेर लगेको क्षत्री समाज सिन्धुपाल्चोकका सचिव हरिबहादुर कार्कीले जानकारी दिए ।
अध्यक्ष थापा र वरिष्ठ प्रहरी उपरीक्षक सिलवालवीच रकम लेनदेनको विषयमा खटपट भए पछि थापाले पत्रकार सम्मेलन गरेर सो विषयमा आज जानकारी गराउन लागेका थिए ।
थापाको सकुशल रिहाईका लागि क्षेत्री समाज सिन्धुपाल्चोक र आफन्तले अपील गरेका छन् ।

प्रतिक्रिया