दुई साहित्यकारको सालिक अनावरण

इलाम, २४ भदौ । इलाममा दुई जना साहित्यकारहरुको स्मृतिमा निर्माण गरिएका सालिक आज अनावरण गरिएका छन् ।
लामो समय सम्म साहित्य क्षेत्रमा कलम चलाएर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका इलामका भाषाशास्त्री तथा साहित्यकार महानन्द सापकोटा र इलामकै अर्का साहित्यकार बिष्णु नवीनको सालिकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलबिक्रम नेम्वाङ्ग (बैरागी काइला)ले अनावरण गरेका हुन् ।
कुलपति नेम्बाङ्गले प्रतिभाको सम्मान ढिलोचाँडो जसरी भएपनि एकदिन भएरै छाड्ने बताए । ‘साहित्य लेखनलाई अनुत्पादक क्षेत्र भनिए पनि कलम तिर्खान सके यसबाटै नाम र दाम कमाउन सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया