आजदेखि बलिङ प्रतियोगिता

काठमाडौं : सिभिल इन्टरटेन्मेन्ट प्रालिले नेपालमा पहिलोपटक ‘ननप्रोफेसनल बलिङ टुर्नामेन्ट’ आयोजना गर्दै छ । काठमाडौं सुन्धारानजिकै रहेको सिभिल मलको सातौँ तलामा आइतबार र सोमबार दुई दिनसम्म प्रतियोगिता हुनेछ । राजधानीका विभिन्न मलमा आउने युवा उपभोक्तालाई आकर्षण गर्न सो प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन् ।
सिभिल इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सो प्रतियोगिताका प्रथम विजेतालाई २५ हजार रुपियाँ नगद प्रदान गरिनेछ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ नगद प्रदान गरिने इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक कैलाश बुढाथोकीले जानकारी दिए । (सौस)

प्रतिक्रिया