आगलागीबाट ६ घर नष्ट/एक करोड क्षति

धनकुटा, २२ भदौ । धनकुटा जिल्लामा बिद्युट सर्ट भएर आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।
गएराति लेगुवा–४ बस्ने हेमबहादुर खड्काको घरबाट सल्कीएको आगोले छिमेकका ६ वटा घरमा क्षति पुराएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रण गर्ने क्रममा खाना पकाउने ग्याँसको सिलिण्डर पड्केर स्थानीय ३० बर्षीय रमेश शाह घाइते भएका छन् । उनको धरानस्थित घोपा अस्पतालमा उपचार भईरहेको छ ।
आगलागीबाट करिव १ करोड रुपियाँ बराबरको नोक्सानी भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो आज विहान मात्रै नियन्त्रण आएको थियो ।

प्रतिक्रिया